कालापानी र लिम्पियाधुरा भारतकै हो भन्दै नेपाललाई पत्र

काठमाण्डाै । कालापानी, लिम्पियाधुरा र गुन्जी आफ्नै भु-भाग हो भनेर दावी गर्दै भारतले नेपाललाई पत्र पठाएको छ ।

भारतको धार्चुला प्रशासनले ती क्षेत्र भारतकै भएको ठोकुवा गर्दै त्यस स्थानमा नेपालीको अवैध प्रवेश भइरहेको बारेमा जानकारी गराउन भन्दै जिल्ला प्रशासन कार्यलय दार्चुलालाई पत्र पठाएको हो ।

भारतले जुलाई १४ मा पठाएको पत्रमा विभिन्न नेपाली समूह अवैध रुपमा लुकीछिपी सीमा पार गरेर आउन चाहेकोले त्यसबारे जानकारी गराउन नेपाललाई भनेको छ ।

उक्ता भुमी बेपालकै भूभाग भएकोले यस बिषयमा पठाइएको पत्रबारे भारतलाई कुनै स्पष्टिकरण दिइरहन आवश्यक नरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

उनका अनुसार तिङ्कर भञ्ज्याङमा बीओपी स्थापनाका लागि जग्गा पहिचान भएर टेण्डर प्रक्रिया सुरु भइसकेको छ भने माथिल्लो पौवामा जग्गा पहिचान गर्न सम्बन्धित पालिकालाई निर्देशन दिइएको छ ।

सुरक्षाका लागि व्यास गाउँपालिका-१ गाँगामा २५ जना सुरक्षाकर्मीसहितको बीओपी स्थापना भएको र अरु ठाउँमा पनि स्थापनाको तयारी भएको उनले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु