‘जति धेरै हाँसिन्छ, उति धेरै बाँचिन्छ’

 

lbj+ut cfTdfsf] lr/zflGtsf] sfdgf ub}{ ufO{+hfqfsf lbg j;Gtk'/df z'qmaf/ ufO{+sf ?kdf ;lHhP/ cfPsf afns . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ। ‘जति धेरै हाँसिन्छ, उति धेरै बाँचिन्छ’ भन्ने भनाइलाई मनन गर्दै सिस्नुपानी नेपाल र आरम्भ समूहले आज आयोजना गरेको हास्य सभामा १५ जनाले आफ्नो प्रस्तुति दिए ।

गाईजात्राका अवसरमा सर्वनाम थियटरमा आयोजित हास्य कविको गाइजात्रे सभाको अन्त्यमा ‘सुपरस्टार’ र ‘फ्युचरस्टार’ भनी दुई कविलाई पुरस्कृत समेत गरियो ।

‘सुपरस्टार’को पदवी जितेका कवि टेकबहादुर कोइरालालाई १०८ किलाको माला पहि¥याइएको थियो । यस्तै ‘फ्युचरस्टार’ बन्दै कवि केशवराज अर्यालले कपी र कलम प्राप्त गरे ।

उनीहरुलाई कार्यक्रमका ‘राष्ट्रपति’ बनाइएका प्रा डा माधवप्रसाद पोखरेलले पुरस्कृत गर्दै आगामी दिनमा दर्शक तथा स्रोतालाई अझ बढी हँसाएर मनोरञ्जन प्रदान गर्नुहोस् भन्दै शुभकामना दिए।

कार्यक्रममा इन्दु अंशु, शरद देशी, डम्बर घिमिरे, कमलीकान्त, लक्ष्मण गाम्नागे, चक्र दवाडी, धरेन्द्र बराल, प्रेम ओली, रोहित कार्की, चट्याङ मास्टर, डिल्लीप्रसाद पिँडालु, गोपाल नेपाल र अर्जुन पराजुलीले नेपाली सामाजिक परिवेश, त्यसका विसङ्गति, राजनीतिक अवस्थाजस्ता विषयमा हाँस्यव्यङ्ग्य कविता वाचन गरेका थिए ।

उक्त प्रस्तुतिको निर्णायकमा कोषराज न्यौपाने, डा देवी नेपाल र रामकृष्ण दुवाल थिए ।

सम्बन्धित शिर्षकहरु