मधेश आन्दोलनमा मृत्यु भएका ५२ जनालाई सहिद घोषणा

pm_office_copy1काठमाडौं । नेपाल सरकारले मधेश आन्दोलनका क्रममा मृत्यु भएका ५२ जनालाई सहिद घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनमा भएका घटनाहरुको छानबिन गर्न गिरीशचन्द्रलालको नेतृत्वमा आयोग गठन गरेको हो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा घाइते भएकाको उपचारको क्रममा लागेको ९१ लाख ६ हजार खर्च सरकारले ब्यहोर्ने निर्णण गरेको छ । यस्तै बैठकले योजना आयोगका सहसचिव गोपिनाथ मैनालीलाई सचिवमा बढुवा गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालको जनसम्पर्क सल्लाहकारमा माओवादी केन्द्रका पोलिटिकल व्यूरो सदस्य रामदीप आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले स्थानीय निकाय निर्वाचन विधेयकमा सैद्धान्तिक सहमति दिएको छ ।

सम्बन्धित शिर्षकहरु