एजेन्सी, स्टार स्ट्राइकर लियोनल मेसीले आफ्नो देशको मायाका कारण फेरि अन्तर्राष्ट्रिय फुटबलमा फर्कने शुक्रबार घोषणा गरेका छन् ।
रियो ओलम्पिकको समूह चरणबाटै अर्जेन्टिना बाहिरिएपछि मेसी देशको राष्ट्रिय जर्सीमा फर्कने घोषणा सुखद समाचारका रुपमा अगाडि आएको छ ।
कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएपछि २९ वर्षीय मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।








