साउन २५। काठमाडौँ, नुवाकोटको बेतनीस्थित चुच्चेभीरमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका सबैको शव परीक्षणका लागि सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको छ ।
फिस्टेल एयरकै अर्को हेलिकप्टरमार्फत सबै शव शिक्षण अस्पताल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
दुर्घटनामा हेलिकप्टर चालकसहित सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा क्याप्टेन रन्जन लिम्बू, यात्रुहरु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ र एक नवजात शिशु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


![uf]/vfaf6 la/fdL lnP/ cfpFb} u/]sf] lkm:6]n Po/sf] x]lnsK6/ ;f]daf/ ck/fXg g'jfsf]6sf] dbgk'/ ( a]tgL hªunsf] r'Rr]le/df b'3{6gfdf k/L d[To' ePsfx?sf zf]sfs'n cfkmGthgx? lqlj lzIf0f c:ktfndf kl/;/df . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/08/1470664559153_RoS_KTM_160808_IMG_3998-2-300x200.jpg)






