राम्रो काम गरे सरकारलाई साथ दिइन्छः निवर्तमान प्रधानमन्त्री

lgjt{dfg k|wfgdGqL cf]nL lgjt{dfg k|wfgdGqL s]kL zdf{ cf]nL k|wfgdGqL lgjf; afn'jf6f/ 5f8]/ a'waf/ eQmk'/sf] afnsf]6l:yt cfˆgf] lgjf;df k'u]kl5 afa' df]xgk|;fb cf]nLn] dfnf nufP/ :jfut ub}{ . tl:a/ M /d]z lu/L, eQmk'/ . /f;;

साउन २० । भक्तपुर, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई राम्रो काम गरे साथ दिइने बताएका छन् ।

भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा पुगेपछि बुधबार समर्थकसँग उनले आफूले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिँदै राम्रो काम गर्नुस् भनेर सुझाव दिएको बताए ।

उनले हामीले अगाडि बढाएका विकासका कार्यक्रम र सम्झौता कार्यान्वयन गर्छु भन्नु प्रधानमन्त्री दाहालको राम्रो कुरा हो भने । उनले भने “हामीले कोरेको विकासको बाटोमा हिँड्नु पर्छ, देश मै खनिज र इन्धनलगायत खानी पत्ता लगाएर उत्खनन् गर्न सुरु गरेका छौँ, यसलाई पूर्ण बनाउन सके विदेशीको भर पर्नुपर्दैन ।”

lgjt{dfg k|wfgdGqL s]kL zdf{ cf]nL k|wfgdGqL lgjf; afn'jf6f/ 5f8]/ a'waf/ eQmk'/sf] afnsf]6 l:yt cfkmg} lgjf;df k'u]kl5 afa' df]xgk|;fb cf]nLn] dfnf nufP/ :jfut ub}{ . tl:j/ M /d]z lu/L, eQmk'/ . /f;;

पैसा नभएर विकासको काम नरोकिने तर योजना बनाउन नसके र क्षमता नभए विकास नहुने उनको टिप्पणी थियो ।

आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले तराईका मुद्दाको सम्बोधन गरेको जिकिर गर्दै उनले मधेसवादी मोर्चाको ३६ बुँदे माग घटेर अहिले तीनबुँदेमा सीमित भएको बताए । नेकपा एमालेका अध्यक्ष ओलीले आगामी असोजपछि एमालेले तराईमा अभियान चलाएर मधेसी मोर्चाले तराईका जनतालाई झुक्याएका विषयको भण्डाफोर गरी तराईको विकासमा आफूले गरेका कामको जानकारी गराइने बताए ।

निवास पुगेपछि उनलाई बुबा मोहनप्रसाद ओलीले टीका र माला लगाएर स्वागत गरेको थियो भने समर्थकले ओलीको पक्षमा नारा लगाएका थिए ।

सम्बन्धित शिर्षकहरु