रसुवा घटनामा संलग्न दोषीलाई कारबाही गर्न एमालेको माग

1464588204_uml-flagकाठमाडौँ । नेकपा एमालेले शनिबार रसुवा जिल्लामा स्थानीय तहको पुनःसंरचना सम्बन्धमा छलफल भइरहेका अवस्थामा केही व्यक्तिले आफ्नो कार्यकर्तामाथि गरेको आक्रमणकोे निन्दा गरेको छ ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न र घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा केही उच्छृङ्खल व्यक्तिले जिविसको बैठकस्थल प्रवेश गरी छलफलका सहभागीमाथि अभद्र व्यवहार गर्नाका साथै लाठी, छड तथा धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने काम समेत गरेको भट्टराईले बताएका छन्।

घटनाबाट एमाले केन्द्रीय कमिटीका वैकल्पिक सदस्य माधव अर्याल, स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे, नेपाली कांग्रेसका जनकजीवन उपाध्याय, नेकपा माओवादी केन्द्रका माधव लामिछाने लगायत १२ व्यक्ति घाइते भएका थिए ।

सम्बन्धित शिर्षकहरु