काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नेपालको राजनीतिक स्थिरताविरुद्धको ठूलो षड्यन्त्र भएको बताएका छन्।
पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको ३८औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले मुलुकमा चुनाव हुन नदिने उद्देश्यले विभिन्न शक्तिले सरकार परिवर्तनमा भूमिका खेलेको बताए ।
उनले देश जनप्रतिनिधिविहीन बनाउन निर्वाचनका लागि आवश्यक पर्ने ऐन निर्माण काममा प्रतिपक्षलगायत दलले अवरोध गरेका छन् भने ।
प्रधानमन्त्री ओलीले पुष्पलालले धेरै पहिले रोपेको बीउ अहिले विश्वव्यापी रुपमा फैलिएको र उनको विचारलाई जननेता मदन भण्डारीले समयसापेक्ष बहुदलीय जनवादमा परिमार्जित गरी देशमा जनजीविका, सामाजिक न्याय र समानता कायम गर्न पार्टी प्रतिबद्ध रहेको बताए ।
अहिलेसम्म प्राप्त भएका उपलब्धिलाई स्थापित गर्न पार्टीले सशक्त भूमिका खेल्ने बताउँदै उनले भने– “हामी अहिले एक प्रकारको चक्रब्यूहमा परेका छौँ, त्यसमा पराजय हुँदैनौँ । माओवादीले देश तथा जनतालाई धोका दिएको छ केही समयमा नै उसले पश्चाताप गर्नेछ ।”
प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले डेढ वर्षभित्रमा चुनाव हुन नसकेमा संविधान कार्यान्वयन नहुनेमा चिन्ता व्यक्त गर्दै प्रमुख तीन दलले राष्ट्रिय सहमति गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पुष्पलालको जन्मस्थान रामेछापको भङ्गेरीलाई ऐतिहासिक महत्वको स्थल बनाउनुपर्ने सुझाव दिए ।
पार्टीका पोलिटब्युरो सदस्य बेदुराम भुसाल, प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले पुष्पलालको विचारले नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सही मार्गनिर्देश गरेको विचार व्यक्त गरे ।
उक्त कार्यक्रममा पुष्पलालको सालिकमा माल्यार्पण गरिएको थियो भने ‘पुष्पलाल’ र ‘नवयुग’ पत्रिकाको विशेषाङ्क विमोचन गरिएको थियो । रासस


![k'iknfn :d[lt lbj; k|wfgdGqL s]kL zdf{ cf]nL g]kfn sDo'lg:6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] #* cf}F :d[lt lbj;sf cj;/df z'qmaf/ lslt{k'/df cfof]lht sfo{fqmddf ;Daf]wg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/07/1469170060691_PRO_KTM_160722_IMG_7898-300x200.jpg)






