डा केसीलाई वार्तामा आउन सरकारी टोलीको आग्रह

 

P3f/f}F lbgsf] cgzgdf 8f s];L  lqlj lzIf0f c:ktfn dxf/fhuGhdf lrlsT;f lzIff ;'wf/sf] dfu ub}{ cfd/0f cgzgdf a;]sf 8f= uf]ljGb s];Lsf] a'waf/ P3f/f}F lbgdf :jfYo cj:yf uDeL/ x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ । बाह्र दिनदेखि विभिन्न माग राखी अनशन बसेका डा गोविन्द केसीलाई सरकारी टोलीले वार्तामा आउन आग्रह गरेको छ ।

सरकारले केसीको मागलाई सम्बोधन गर्न बुधबार प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको तीन सदस्यीय संवाद टोली गठन गरेपछि उक्त टोली आज त्रिभुवन शिक्षण अस्पताल पुगी केसीलाई वार्तामा आउन आग्रह गरेको हो ।

वार्ता टोलीका सदस्य शिक्षा मन्त्रालयका निमित्त सचिव डा लवदेव अवस्थीले डा केसीलाई वार्तामा आउन आग्रह गरिएको तर डा केसीको तर्फबाट केही निर्णय नआइसकेको जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु