डा. गोविन्द के. सी को समर्थनमा सिड्नीमा जुटे नेपालीहरु।

महेश्वर शर्मा,सिड्नी अष्ट्रेलिया,त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्ज परिसरमा समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग राखी असार २६ गते देखि अनशन बसेका डा गोविन्द केसीको अभियानमा ऐक्यवद्धता जनाउन हाईड पार्क सिड्नीमा नेपालीहरु भेला भए। १६ जुलाई २०१६ शनिबार दिन को ३ बजे देखि ५ बजे सम्म भएको सो कार्यक्रममा सम्बोधन गर्दै एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष समेत रहेका डिला खरेलले डा गोविन्द केसीको यो अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए। imageसो कार्यक्रममा वक्ताहरुले उनको जीवनरक्षा राज्यद्वारा गरिनुपर्ने डा गोविन्द केसीका मागलाई सम्बोधन गरी कार्यनयन गरिनु पर्नेमा जोड दिएका थिए। सो कार्यक्रमलाई डिला खरेल र डा.घनश्याम चापागाईँले अगुवाई गरेका थिए।

सम्बन्धित शिर्षकहरु