महेश्वर शर्मा,सिड्नी अष्ट्रेलिया,हार्मोनि सारेगम को प्रस्तुतीमा सिड्नीमा नेपाली सांगीतीक कार्यक्रम तिरिमिरी नाईट हुने भएको छ। नेपाली साँगितिक क्षेत्रका स्थापित गायक गायीकाहरुले तिरीमीरी नाईट कार्यक्रम मार्फत एक पृथक साँगितीक प्रस्तुति दि
ने भएका हुन।नेपाली साँगीतिक वजारमा युवटुव बाट लोकप्रिय बनेकी गायिका निक्की कार्की सो कार्यक्रमको लागी अमेरीकाबाट अष्ट्रेलीया आउने भएकी छन। सो कार्यक्रममा गायीका निक्की कार्की चर्चित गित दुनीया वेग्लै छ का गायक समीर आचार्य,सिड्नीमा रहेका गायक संजीव पराजुली,शैलेश शर्मा र सुवास लामीछानेले आफ्नो जोडदार प्रस्तुती दिने छन।१३ अगष्ट २०१६ शनिबार ५:३० बजेबाट शुरुहुने सो कार्यक्रम एस्फिल्ड सिभिक सेन्टर २६० लिभरपुल रोडमा हुने भएको छ। साथै सो कार्यक्रममा सिड्नीको एक चर्चित डान्स ग्रुप नेपिन्डो फ्युजन ग्रुपका कलाकार हरुले विशेष नृत्य प्रस्तुती देखाउने भएका छन।








