अभिवावकहरुको बनभोज कार्यक्रम सम्पन्न।

महेश्वर शर्मा,सिड्नी अष्ट्रेलिया,नर्दन बिचेज नेपाली समाजको आयोजनामा आज मेन्ली डेम नर्दन बिचेज(Manly Dam,Northern Beaches) मा नेपाली अभिवावकहरुको बनभोज कार्यक्रम सम्पन्न भएको छ। “नर्दन बिचेज नेपलिज सोसाईटी प्यारेन्स पिकनिक २०१६ “नाम दिईएको सो कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो भने ३२ जना नेपालबाट आएका अभिवावकहरु रहेका थिए। अत्यन्त उत्साहजनimageक उपस्थिती रहेको सो कार्यक्रममा विभिन्न परिकारहरु पकाई अभिवावकहरुलाई खुवाईएको थियो।नेपालको विभिन्न क्षेत्रबाट आएका नेपाली अभिवावकहरु यसरी एकै ठाउँमा भेला भई एक आपसमा आफ्ना अनुभवहरु साट्न पाउँदा अत्यन्त हर्षित देखिन्थे। नर्दन बिचेज नेपाली समाजका सचिव कृष्ण सापकोटाले असनेपाल न्युज सँग कुरा गर्दै यस्तो कार्यक्रमहरुले अभिवावकहरुलाई एक आपसमा परिचय सँगै आफ्ना अनुभबहरु साट्ने अवसर मिल्ने बताए साथै हरेक वर्ष यस्तै कार्यक्रम गरिने बताईएको छ। नर्दन बिचेज नेपाली समाजका अध्यक्ष प्रवला बस्नेत द्वारा सबै प्रति आभार प्रकट गर्दै धन्यबाद दिईएको थियो। अर्जुन को स्वागत मन्तव्य रहेको सो कार्यक्रमको संचालन सचिव कृष्ण सापकोटाले गरेका थिए।image

सम्बन्धित शिर्षकहरु