सिड्नीमा छमछमी नचाउने भए पशुपति शर्मा र मन्जु पौडेलले।

महेश्वर शर्मा,सिड्नी अष्ट्रेलिया,बीएमएस फिल्म्सको आयोजना तथा मोर्टगेज अम्पायरको सहकार्यमा सिड्नीमा तिज धमाका २०१६ हुने भएको छ। “क्याम्पस पढ्न आउनी”,”मलाई अमेरिका यहि” तथा थुप्रै चर्चित तीज गितहरुबाट धेरै दर्शक स्रोताहरुको मन जित्न सफल गायक पशुपति शर्मा र उद्घोषिका तथा गायीका मन्जु पौडेल ले अब सिड्नीका दर्शकहरुलाई छमछमी नचाउने भएका हुन।साथै सो कार्यक्रममा गायक नरेश रेग्मीले पनि आफ्नो जोडदार प्रस्तुति दिनेछन।३० जुलाई २०१६ शनिबार साँझ ६ बजेबाट सुरुहुने सो कार्यक्रम मराना अडिटोरियम हर्सभिलमा साँझ ६ बजेबाट सुरुहुने भएको छ। नेपाली लोक संस्कृती झल्कने उक्त कार्यक्रममा सहभागि भईदिन कार्यक्रमका आयोजक बिरेन्द्र मल्लले बताएका छन।

सम्बन्धित शिर्षकहरु