काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथलगत्तै आजै पदभार ग्रहण गरेकी छन् ।
सर्वोच्च अदालतमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा संविधान र कानुनको अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
संविधानसँग बाझिएका कानुन संशोधन गर्न आदेश जारी गर्ने काम यसअघि पनि गर्दै आएको बताउँदै उहाँले आफ्नो प्राथमिकता संविधान कार्यान्वयन हो भनिन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीले भनिन् – “आफ्नो कार्यकालको ठूलो चुनौती प्रदेशअनुसार उच्च अदालतको निर्माण गर्नु हो । १६ पुनरावेदन अदालतका मुख्य न्यायाधीशलाई कसरी मिलाउने भन्ने समस्या छ ।”
उनले धनी र हुनेखाने वर्गका लागि मात्र नभएर सीमान्तकृत र पछाडि परेका निमुखा जनतासम्म न्याय पु¥याउन न्यायमा पहुँच आयोग गठन गरेको उल्लेख गरिन् ।
प्रधानन्यायाधीश कार्कीले सबैमा सहज र सरल रुपमा न्याय सेवा पु¥याउन बाहिरका जिल्लाबाट पनि तारिख लिन सक्ने व्यवस्था मिलाएको र द्रुत र निरन्तर सुनुवाइका लागिसमेत पहलकदमी लिन बताइन् ।
आगामी दिनमा फैसला कार्यान्वयनमा बढी जोड दिने पनि उनले बताइन् ।
फैसला कार्यान्वयनकै सन्दर्भमा प्रधानन्यायाधीश कार्कीले भनिन् – “तपार्इंले माओवादीका बालकृष्ण ढुङ्गेलको कुरा गर्नुहुन्छ होला । उहाँलाई न्यायाधीशले थुन्ने होइन, पुलिसले थुन्दैन ।”
आगामी दिनमा कागजविहीन अदालत बनाउने तयारी भइरहेको हुनाले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन लैजाने र अदालतमा तिर्नुपर्ने रकम पनि बैंकमार्फत तिर्ने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी उनले दिइन् । उनी ११ महिना पदमा रहनेछिन् ।


![k|wfgGofofwLzåf/f kbef/ u|x0f gjlgo'Qm k|wfgGofofwLz ;'zLnf sfsL{ ;f]daf/ ;jf]{Rr cbfntdf cfkmgf] kbef/ u|x0f ub}{ . tl:a/ M /Tg >]i7, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/07/1468228848422_RS_KTM_160415_160711_1119-300x250.jpg)






