एमाले उपाध्यक्ष शाक्यलाई पितृशोक

13599886_1303841929643134_7485552390001378909_nकाठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पितृशोक परेको छ ।

उनका पिता तीर्थबहादुरको आज बिहान सीतापाइलास्थित मनमोहन मेडिकल कलेजमा निधन भएको हो । विसं १९७८ वैशाख १९ गते काठमाडौँको झोंछेमा जन्मिएका शाक्य लामो समयदेखि मुटु, दम र नसाको रोगबाट पीडित थिए ।

शाक्य एमालेका शुभचिन्तक, भूमिगतकालदेखिका सहयोगी तथा समाजसेवी समेत रहेका एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराका ससुरा समेत रहेका शाक्यका चार छोरी र तीन छोरा छन् । एमालेले दिवङ्गत शाक्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्प्त परिवारमा समवेदना प्रकट गरेको छ । रासस

सम्बन्धित शिर्षकहरु