असार २६ । काठमाडौँ, ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
उनी अहिले संवाद गर्न र खानेकुरा खानसक्ने भएको अस्पतालले जनाएको छ ।
कोइरालाको स्वास्थ्यमा सुधार आएकाले अब एकदुई दिनमा हिँडडुल गराइने उपचारमा संलग्न डा हरिकिशोर श्रेष्ठले बताए ।
केहीदिनभित्र कोइरालालाई सघन उपचार कक्ष आइसियुबाट अन्तै सार्ने अस्पतालको तयारी छ ।
“उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ, अब, सघन उपचार कक्षबाट निकालेर डिलक्स वार्डमा सार्छौं, अहिले बाहिर सार्दा भिजिटर धेरै हुने भएकाले आइसियुमै राखेका हौँ” – डा श्रेष्ठले भने ।
स्वास्थ्यमा एक्कासि खराबी आएपछि उपचारार्थ डा कोइरालालाई गत असार २२ गते बुधबार अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि बिहीबार अपराह्नदेखि आइसियुमा राखिएको थियो । रासस


![sf]O/fnfsf] :jf:Yofj:yf ;'wf/f]Gd'v g]kfnL sfFu|];sf dxfdGqL 8f zzfªs sf]O/fnfsf] :jf:Yodf z'qmaf/ cem ;'wf/ x'Fb} uPsf] pkrf/df ;+nUg lrlsT;sn] atfpg'ePsf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/07/1467961778861_RoS_Ktm_160708_IMG_3157-300x300.jpg)






