एजेन्सी, बलिउड चलचित्र ‘उड्ता पञ्जाब’मा नायिका आलिया भट्ट एक बिहारी मजदुरको भुमिकामा छिन् । चलचित्रमा उनी सामुहिक बलात्कारको शिकार भएकी छिन् ।
चलचित्र सफल भएको उपलक्ष्यमा मुम्बइमा आयोजित कार्यक्रममा संवाददाताहरुले आलियालाई प्रश्न गरे(‘सामुहिक बलात्कारको दृष्य सुटिङ गर्दा तपाइलाई कस्तो लाग्यो ?’
आलियाले प्रश्नको जवाफ दिनु अघि पीडितहरुप्रति सहानुभुती दर्शाइन् । किनकी चलचित्रमा राखिएको उक्त दृष्य पञ्जाबको वास्तविकता घटनामा आधारित थियो ।
यस्ता दृष्य सुटिङ सजिलो नहुने आलियाको भनाई थियो । सुटिङका क्रममा कोही आफ्नो नजिक आउादा, कसैले हात समाउँदा निकै अप्ठयारो हुने गरेको उनले बताइन् । ‘अप्ठ्यारो हुन्थ्यो तर, मैले सुटिङ हो भन्ठानो’(आलियाले भनिन् ।
अभिषेक कपुरको निर्देशनमा बनेको ‘उड्ता पञ्जाब’ जुन १७ बाट रिलिज भएको थियो । आजसम्म यस चलचित्रले ६० करोड कमाई गरेको छ । पञ्जाबको ड्रग्स समस्यामाथि यो चलचित्र घुमेको छ । लामो समय सेन्सरको लफडाबाट मुक्त भएर चलचित्र रिलिज भएको थियो ।








