अष्ट्रेलियन राजदुतले प्रचण्डलाई किन भेटे ?

काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदुत ग्लेन ह्वाइटले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अष्ट्रेलियामा उजुरीको विषय मिडियामा आएको जस्तो नभएको स्पष्ट पारेका छन् ।
प्रचण्डको सचिवालयका अनुसार अष्ट्रेलियन राजदुतले त्यहाँको सरकार, पुलिस र महान्यायाधिवक्ताको सम्पर्कमा रहेको र त्यसमा कुनै समस्या नरहेको पाएको जनाएका थिए ।

भेटमा प्रचण्डले पनि नेपालको वर्तमान राजनीतिक अवस्था, पार्टी कामको चापले गर्दा आफ्नो भ्रमण अन्त्यमा स्थगित गर्नुपरेको बताएका थिए ।
भेटमा नेपालको शान्ति प्रक्रियाका बारेमा पनि कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

गतसाता अष्ट्रेलिया भ्रमणमा निस्कनु एकघण्टा अघि प्रचण्डले भ्रमण स्थगित गरेका थिए । अष्ट्रेलियामा उनी विरुद्ध उजुरी परेपछि अन्तिममा भ्रमण स्थगित गर्नुपरेको समाचार सार्वजनिक भएको थियो ।

सम्बन्धित शिर्षकहरु