सान्चेजले जिते गोल्डेन बल, ड्रिम टिममा चिलिकै खेलाडीको बर्चस्व

Chile-v-Argentina-Copa-America-Finalएजेन्सी, न्यु जर्सी । अमेरिकामा जारी कोपा अमेरिका फुटबल आजबाट सकिएको छ । आज बिहान भएको फाइनलमा अर्जेन्टिनालाई ट्राइबेकरमा ४ -२ ले पराजित गर्दै चिलीले उपाधि जितेको छ ।

प्रतिस्प्रधात्मक खेलमा निर्धारित र थपिएको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र बिगलियाले गोल गर्न नसकेपछि अर्जेन्टिनाले उपविजेतामा चित्त बुझाएको हो ।

आजबाट सकिएको कोपा अमेरिका फुटबलको उपाधिसंगै चिलीका खेलाडीहरुले व्यक्तिगत विधाको अवार्डमा समेत बर्चस्व कायम गरेका छन् । उसका स्टार स्ट्राइकर एलेक्स सान्चेजले ‘गोल्डेन बल’ जितेका छन् ।  कोपा अमेरिका फुटबलमा उत्कष्ट प्रदर्शन गरेका सान्चेजले ‘प्लेयर अफ दी टुनामेन्ट’ घोषित हुँदै गोल्डेन बल हात परेका हुन् । सान्चेजले ३ गोल समेत गरेका थिए ।

यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका चिलीकै एडवार्डो भार्गासले ‘गोल्डेन बुट’ जितेका छन् । भार्गासले जारी प्रतियोगितामा ६ गोल गरे भने १ गोलका लागी असिस्ट गरेका थिए । यस्तै चिलीलाई उपाधि दिलाउन प्रमुख भूमिका खेलेका गोल रक्षक क्लाउडियो ब्राभोले ‘गोल्डेन ग्लोब’ जिते ।  बार्सिलोनाबाट खेल्ने ब्राभो फाइनल खेलमा ‘म्यान अफ दी म्याच’ समेत घोषित भए । त्यस्तै  उपविजेता बनेको अर्जेन्टिनाले ‘फेयर प्ले’ अवार्ड जितेको छ ।

यसैबीच कोपा अमेरिका फुटबलमा गरेको प्रदर्शनको आधारमा ड्रिम टिम सार्वजनिक गरिएको छ । उत्कृष्ट ११ टिममा अर्जेन्टिना र चिलीका खेलाडी मात्र परेका छन् ।  जसमा उपाधि बिजेता चिलीका ८ जना खेलाडी उत्कृष्ट ११ मा पर्दा ३ जना अर्जेन्टिनाका परेका छन् ।

दक्षिण अमेरिकाका मुलुकहरुबीच प्रतिस्पर्धा हुने कोपा अमेरिका प्रत्येक चारमा बर्षमा हुदै आएपनि यसपटक एक बर्षमै प्रतियोगिता अमेरिकामा आयोजना भएको हो । कोपा अमेरिका आयोजनाको १०० बर्ष पुगेको अवसरमा पहिलो पटक एक बर्ष भित्रै गरिएको हो । फुटबलमै सबैभन्दा पुरानो कोपा अमेरिकाको अर्को सस्करण अबको चार बर्षपछि ब्राजिलमा हुने छ ।

सम्बन्धित शिर्षकहरु