अब आफ्नै माटोमा पसिना बगाऔँ।

महेश्वर शर्मा

सिड्नी अष्ट्रेलिया

image

आफ्नो र परिवारको उन्नतिको निम्ति प्रदेशको भूमिमा आफुलाई नै जोखिममा राखि रगत र पसिना बगाईहरने युवा तन्नेरिहरु आज त्यही मूलुकमा बिलिन हुँदा आज देश नेपाल नै रोईरहेको छ। कहिले सम्म नेपाली युवा तन्नेरिहरुका सृजनसिल उर्जा र सिप अरु देशका लागि मात्रै प्रयोग भईरहने?विश्वका कैयन मुलुकहरुमा हाम्रो देशका युवा तन्नेरिहरु बिलिन भएका छन। के हाम्रो पसिना र रगत हाम्रै माटोको लागि होईन र? कहिले सम्म अखबारमा आफन्तको मृत्यु छापिएका खबरहरु पढिरहने? कहिले सम्म  सिँउदो उजाडिएकी विधवा भाउजु,पिता हराएका छोरा छोरीहरु साहार विहिन भईरहने? विदेशमा सिकेको सिप हाम्रै देशमा प्रयोग र लगानि गर्ने हो भने पनि हामि हाम्रै माटोमा आत्म निर्भर हुन सक्छौँ र देशकै अन्तर्राष्ट्रिय विमान स्थलमा पासपोर्ट बोकि विदेशिने लाईन पनि धेरै नै सानो बनाउन सक्छौँ। तर विदेशिने यो रित कहिले सम्म चलिरहने?

सम्बन्धित शिर्षकहरु