असार ७ । डोटी, डोटीको तिलतालीमा सोमबार पुनः आएको बाढीले बस्तीमा क्षति पु¥याएको छ ।
डोटीको लाटामाडौँमा रहेको तिलतालीमा आएको बाढीका कारण केआई सिंह राजमार्ग समेत अवरुद्ध भएको थियो । सोमबार बिहानै परेको अविरल वर्षाका कारण आएको बाढी बस्तीमा छिरेपछि मानिसको भागाभाग भएको स्थानीय निलम विकले बताए।
बाढी बस्तीमा पसेलगत्तै गएको प्रहरी चौकी तिलतालीले बस्तीमा रहेकालाई सचेत गराउनका साथै उद्दार गर्न सहयोग पु¥याएको प्रहरी इन्चार्ज कर्णबहादुर घर्तीले बताए । जेठमा आएको बाढीबाट त्रसित बनेका स्थानीय बाढी गाउँमा छिरेपछि आत्तिनुका साथै भागाभाग भएको थियो ।
बाढीबाट ३५ घर पूर्ण विस्थापित भएको र थप ३५ घर विस्थापित हुने सम्भावना भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालका प्रहरी उपरीक्षक दिल्लीराज विष्टले बताए ।
सोमबार दिउँसो घटनास्थल पुगेको जिल्ला प्रहरीको टोलीले पीडित परिवारलाई ४५ वटा त्रिपाल वितरण गरेको छ । बाँकी २५ त्रिपाल धनगढीबाट आइरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक विष्टले बताए।
जेठ अन्तिम हप्ताको बुधबार आएको बाढीले तिलतालीमा करोडौँको क्षति पु¥याएको थियो ।








