‘नेपालका कम्युनिष्ट कमाउनिष्ट !’

अस्ट्रेलिया । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट कमाउनिष्ट भएको आरोप लगाएका छन् । उनले कम्युनिष्ट सच्चा आचरणमा रहेको भए भ्रष्टाचारीको अखडा बन्नै नसक्ने जिकिर गरे । पार्टीको भ्रातृ संगठन नेपाली संघीय समाज अष्ट्रेलियाको पहिलो अधिवेशनमा उद्घाटन गर्न सिड्नी आएका यादवले जारी गठनबन्धनको आन्दोलन सफलतातर्फ उन्मुख भइरहेको दाबी पनि गरे ।

असनेपालन्युजका प्रतिनिधिसँगको संक्षिप्त कुराकानीमा उनले अष्ट्रेलियाको अनुभवबाट नेपालमा पनि धेरै परिवर्तन गर्न सकिने बताए ।

सिड्नीमा उनले नेपाली समाजका अगुवाहरु, नेपाली संघीय समाज अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङसहितका पदाधिकारी र नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलियाका अध्यक्ष चित्र तुम्बाहाम्फेसहितले विमानस्थलमा स्वागत गरेका थिए । आइतबार अध्यक्ष यादवले सिड्नीको एसबरी सिनियर सिटिजन सेन्टरमा नेपाली संघीय समाज अष्ट्रेलियाको प्रथम अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै उनले अष्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधिसँगपनि भेटघाट गर्ने कार्यक्रम रहेको उनी संघीय समाज अष्ट्रेलिया स्रोतले बताएको छ ।

सम्बन्धित शिर्षकहरु