साबिकको बिजेता स्पेन प्रि क्वाटरफाइनलमा

एजेन्सी, पेरिस । साबिकको बिजेता स्पेन फ्रान्समा जारी युरोपियन च्याम्पियनसिप ( युरोकप) फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ  । शुक्रबार राति टर्कीलाई ३–० ले पराजित गरेको स्पेनले लगातार दोस्रो जितसँगै अन्तिम १६ मा स्थान बनाएको हो ।

नाइसमा भएको खेलमा स्पेनलाई जित दिलाउन अलभारो मोराटाले दुई तथा नोलिटोले एक गोल गरे । जितसंगै समूह डीमा रहेको स्पेनले ६ अंक जोडेको छ । र, तालिकाको शिर्ष स्थानमा छ । स्पेनले पहिलो खेलमा चेक रिपब्लिकलाई १–० ले हराएको थियो ।

खेलको ३४ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा नोलिटोले गोल गरेपछि स्पेनले पहिलो हाफमा २–० को अग्रता लिएकोथियो । त्यसपछि दोस्रो हाफको तेस्रो मिनेटमा नै मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए । टर्की्विरुद्ध ३ गोल गरेको स्पेन जारी युरोकपमा दुई भन्दा धेरै गोल गर्ने पहिलो टिम समेत बनेको छ ।

यता, स्पेनविरुद्ध टर्कीले केहि गोल गर्ने अवसर पाएपनि गोल गर्न चुकेको थियो । लगातार दोस्रो हरसंगै टर्की समुहचरणबाट बाहिरिने सम्ब्वाना बढेको छ । पहिलो खेलमा टर्की क्रोएसियासँग १–० ले पराजित भएको थियो । टर्की अंक तालिकामा अंकबिहिन हुदै पुछारमा छ । यससमुहमा क्रोएसिया दोस्रो तथा चेक रिपब्लिक तेस्रो स्थानमा छ ।

सम्बन्धित शिर्षकहरु