एजेन्सी, युरो कप फुटबल अन्तरगत बुधबार राति भएको रोमानिया र स्विट्जरल्याण्डबिचको खेल बराबरीमा सकिएको छ । पेरिसमा भएको खेलमा दुवै टिमले एक एक गोल गर्दै अंक बाडे । रोमानियाका बोगडन स्टानकुले खेलको १८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलमा हाबी भएपनि गोल गर्न भने स्विट्जरल्याण्डले ५७ औं मिनेटसम्म कुर्नु पर्यो । स्विट्जरल्याण्डका लागि अहमद मेहमेदीले ५७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका हुन् । पाएका निकै राम्रा अवसर सदुपयोग गर्न नसक्दा स्विट्जरल्याण्ड बराबरीमा रोकिनुपर्यो ।








