रसिया स्लोभाकियासँग २–१ ले पराजित

एजेन्सी, युरो कप २०१६ मा समूह बी अन्तरगत बुधबार भएको खेलमा स्लोभाकियाले रसियालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

स्लोभाकियाका लागि खेलको ३२ औँ मिनेटमा भ्ल्यालिमिर विसले गोल गर्दै अग्रता दिलाए । यस्तै खेलको ४५ औँ मिनेटमा ह्यामसिकले गोल गर्दै अग्रता दोब्बर पारे । रसियाका लागि ग्लुसाकोभले ८० औँ मिनेटमा गोल गर्दै केही आशा जगाएका थिए । खेलको अन्तिम समयतिर रसियाले स्लोभाकियालाई केही दवावमा राखेपनि थप गोल गर्न सकेन ।

Slovakia's Viktor Pecovsky, left, is challenged by Russia's Aleksandr Kokorin during the Euro 2016 Group B soccer match between Russia and Slovakia at the Pierre Mauroy stadium in Villeneuve d’Ascq, near Lille, France, Wednesday, June 15, 2016. (AP Photo/Darko Vojinovic)
 

खेल सुरु हुनुअघि रसियाका कोच लियोनल्ड लुतस्कीले इंग्ल्याण्डसँग जस्तै खेल प्रदर्शन गरे स्लोभाकियालाई हराउन सकिने बताएका थिए । स्लोभाकियाका कोच जान कोज्याकले आफूहरुले वेल्ससँगको खेलमा पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा हार्नु परेको तर रसियासँग त्यो गल्ती नदोर्‍याउने बताएका थिए । कोज्याकले भनेजस्तै स्लोभाकियाले पाएका केही अवसर सदुपयोग गरेर रसियामाथि २–१ को जित निकाल्यो । रसियाले आफ्नो पहिलो खेलमा इंग्ल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । यस्तै स्लोभाकिया पहिलो खेलमा वेल्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

सम्बन्धित शिर्षकहरु