अज्ञात समूहले गोली चलाउँदा एकको मृत्यु

murder_by_gun-Goli_Prahar_Morang_411307707मुगु । गएराति पाटनमा यार्सा सङ्कलन गर्न बसेको अज्ञात अतियारधारी समूहले अन्दाधुन्द गोली चलाउँदा एकजना यार्सा सङ्कलकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माग्री–५ का २४ वर्षिय कार्मा नाख्याल रहेको प्रहरीले बताएको छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीनदिन पूर्वउत्तरमा पर्छ ।

घटनास्थल टाढा र सञ्चारविहीन क्षेत्रमा भएकाले घटनामा के कति घाइते भए भन्ने विस्तृत विवरण आउन सकेको छैन ।

अकस्मात राति सुतीरहेका बेला १२÷१५ जना हतियारधारी समूह आई अन्धाधुन्दा गोली चलाउँदा सुतीरहेका सङ्कलकबीच कोकाहल चलेको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु