स्विडेन र आयरल्याण्डको बराबरी

एजेन्सी, पेरिस । फ्रान्समा जारी युरोकप फुटबल अन्तर्गत समुह ईको खेलमा स्विडेन र गणतन्त्र आयरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् । सोमबार राती पेरिसमा भएको खेलमा स्विडेन र आयरल्याण्डले १ – १ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

स्टेड डी फ्रान्स रंगशालामा भएको खेलमा दुवै गोल आयरल्याण्डका खेलाडीले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा आयरल्याण्डले सुरुवाती अग्रता बनायो । खेलको ४८ औ मिनेटमा वेस हूल्हानले गोल गर्दै आयरल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ७१ औ मिनेटमा कीअरण क्लार्कले आत्मघाती गोल गरेपछि आयरल्याण्ड जितबाट बन्चित बनेको हो । स्वीडेनका जाल्टन इब्राहिमोभिचले क्रस गरेको बल क्लियर गर्ने क्रममा क्लार्कले हेड गोल गरेका थिए ।

3198खेलमा जाल्टन इब्राहिमोभिचको टोलि स्विडेनविरुद्ध आयरल्याण्डले सशक्त खेल पस्किएको थियो । बल पोजिसनमा कमजोर देखिएपनि आयरल्याण्डले स्विडेनको तुलनामा बढी पोस्ट प्रहार गरेका थिए । त्यस्तै उसका जेफ हेन्ड्रिकले पहिलो हाफमा प्रहार गरेको बल क्रसबारमा लागेर फर्किएको थियो ।

बराबरीसंगै दुवै टोलीले १ – १ अंक जोडेको छ । अब स्विडेनले आगामी असार ३ गते इटालीको सामना गर्ने छ भने आयरल्याण्डले असार ४ गते बेल्जियमको सामना गर्ने छ ।

सम्बन्धित शिर्षकहरु