‘बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको छ’

13413639_10154230980087329_2794885006462607351_nकाठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले ल्याएको बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको आरोप लगाएका छन् ।
कांग्रेस नागार्जुन कार्यसमितिद्वारा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सिंहले बजेटले सस्तो लोकप्रियता कमाउनु बाहेक कार्यान्वयनको कुनै आधार नभएको बताए।

नेता सिंहले सरकार कामभन्दा भाषणमा रमाएको आरोप लगाउँदै सरकारलाई जनताप्रति जिम्मेवार हुन आग्रह गरे । उनले पार्टी सङ्गठन बलियो बनाउन कार्यकर्तालाई निर्देशन समेत दिए ।

कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारले ल्याएको बजेट प्रचारबाजी मात्र भएको र यो कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले मुलुकका हरेक आन्दोलन कांग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने बताए । कार्यक्रममा कांग्रेसका नेता बद्री पाण्डे, प्रा डा गोविन्द पोखरेल लगायतले प्रशिक्षण दिनेछन्।

सम्बन्धित शिर्षकहरु