महेश्वर शर्मा सिड्नी अष्ट्रेलिया ,काली मोरी” “रातो रीबन ” साथै अर्को अत्यन्त मिठो गित “मैले झैँ मर्ने बारे सोँच्छेउ होला यदि म तिमी सँग भैन भने “जस्ता चर्चित गितहरूबाट दर्शक स्रोताहरूको मन जित्न सफल गायक ईश्वर पोखरेलले अर्को नयाँ गित “तिमी जुन गहिराई मा छौ” आज सार्बजनिक गरेका छन्।झन्डै १५ बर्षको लामो सांगीतिक यात्रामा दुई दर्जन भन्दा बढि गित गाईसकेका पोखरेलले दुई वटा एकल एल्बम निकाली सकेका छन।
अष्ट्रेलियाको सिड्नीमा बस्दै आईरहेका गायक पोखरेललाई “तिमी जुन गहिराई मा छौ” भन्ने गितमा गायीका सुमिना सिङ्गले साथ दिएकी छन भने यस गितलाई लण्डन निवासी गीतकार कोमल मल्लले लेखेका हुन।हरि लम्सालको संगीतमा रहेको सो गितको भिडियो निर्देशन सिड्नी कै युवा राजिब भुसालले गरेका हुन्।सो गितमा पोखरेलकी पत्नी अमृता पोखरेल,छोरीहरु आरुशी र आरोही र आफ्नै अभिनय रहेको छ। सो गितमा बुबा आमाले आफ्ना सन्तान प्रति गर्ने निस्वार्थ मायालाई दर्शाईएको छ। २००९ मा अष्ट्रेलिया आएका पोखरेल प्रवासमा रहेर पनि संगित क्षेत्रमा निरन्तर अगाडि बढिरहेका छन।समाज सेवामा पनि उत्तिकै सकिृय रुपमा लागिरहने उनी सिड्नीमा हुने धेरै जसो साँगितीक कार्यक्रममा सकिृय सहभागिता जनाई आफ्नो जोडदार प्रस्तुती दिने गर्दछन।








