काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका राजदूतले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आआफ्नो ओहदाको प्रमाणपत्र पेस गरे ।
नेपालका लागि संयुक्त अरब इमिरेट्सका आवासीय राजदूत सइद हमदान मोहमद अल नाक्बी तथा गैरआवासीय राजदूतहरु अल्जेरियाका हम्जा याहिया चेरिफ, साइप्रसका दिमित्रिओ ए थियोफाइलाक्तोउ, चेकका मिलन होभोर्का र किर्गिज गणतन्त्रका राजदूत सर्मागियुल अदमकुलोभाले प्रमाणपत्र पेस गरेका हुन् ।
समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, प्रधानसेनापति, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव लगायत सरकारका उच्च अधिकारीको सहभागिता रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


![/fi6«klt;dIf cNh]l/ofsf gjlgo'Qm /fhb"t k|df0fkq k]; /fi6«klt ljBfb]jL e08f/L;dIf cf]xbfsf] k|df0fkq k]; ub}{ g]kfnsf nflu cNh]l/ofsf gjlgo'Qm /fhb"t xDhf oflxof r]l/km . tl:a/ M k|bLk/fh jGt,/f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/06/1464877274548_PRO_KTM_160602_IMG_9029_0-300x200.jpg)






