धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्छ : प्रवक्ता बडू

dilendra baduजेठ १८ । बैतडी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले समग्र देशको धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताएका छन् ।

आफ्नो गृहजिल्ला दार्चुलाको ग्वानी गाविस–४ मा निर्माण भएको शैल्य शिखर प्रवेशद्वार तथा पदमार्गको सोमबार उद्घाटन गर्दै उनले सो धारणा राखेका हुन्।

जिल्लामा थुप्रै धार्मिक एवम् ऐतिहासिक स्थल भएको भन्दै उनले यस्ता क्षेत्र पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरी जिल्लाको आर्थिक गतिविधि बढाउन सकिने बताए। उनले भने “राष्ट्रकै सातौं धामको रुपमा चिरपरिचित शैल्य शिखर मालिकार्जुन मन्दिरसमेत यस जिल्लामा रहेकाले हिन्दूको प्रमुख धामका रुपमा विकास गरिनुपर्दछ ।”

जिल्लाको समग्र विकास निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताउँदै उनले जिल्लाको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षकहरु