पाँचथर। प्रमुख सूचनाआयुक्त कृष्णहरि बाँस्कोटाले सार्वजनिक सुनुवाइको अभ्यासलाई अझ बढवा दिन आग्रह गरेका छन् ।
पाँचथरको फिदिममा आइतबार कुराकानी गर्दै उनले सरकार यदि सुशासन र पारदर्शी भएर नागरिकले पाउने सूचनाको हकलाई कुण्ठित गर्न नहुने बताए।
उनले सरकारले नागरिकले पाउने सूचनाहकलाई प्रोत्साहित गरी सूचना दिने हो भने भ्रष्टाचारमा कमी, विधिको शासन, नागरिकबीचको विभेदको अन्त्य, सुशासन र मुलुक समृद्ध बन्ने उल्लेख गरे ।
प्रमुख आयुक्त बाँस्कोटाले जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय, सङ्घसंस्था, राजनीतिक दल तथा सार्वजनिक निकायले नागरिकले पाउने सूचनाको हकबाट कसैलाई वञ्चित नगर्न सुझाव दिए ।








