काठमाडौं । पूर्व अर्थमन्त्री एवम् नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले पार्टीले २०५१ सालमा नौ महिने शासन कालमा आफूले ल्याएको बजेटको झल्को दिने गरी अहिलेको सरकारले बजेट ल्याउनुपर्ने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा नौ महिने शासनकालमा ल्याएको बृद्ध भत्ता, आफ्नो गाँउ आफैँ बनाउ भन्ने कार्यक्रमलाई रामशरण महतसहित अहिलेसम्मका सबै अर्थमन्त्रीले निरन्तरता दिएर स्वीकारीसकेको बताएका हुन् । त्यसैले अहिलेको बजेट पनि ०५१ सालको झल्को दिने गरी बजेट ल्याउनु पर्छ उनको भनाइ थियो ।
साक्षात्कारमा अधिकारीले बजेटले भुकम्प पछिको पुर्ननिर्माण, नाकाबन्दीबाट तहसनहस भएको अर्थतन्त्रलाई रिभाइभ गर्ने, कृषिको उत्पादकत्व बढाइ परनिर्भरता घटाउने, संविधान कार्यान्वयन र आर्थिक सन्तुलन नबिग्रने गरी सामाजिक सुरक्षसहितका न्यायलाई प्राथमिकता दिन सुझाव दिएको जानकारी दिँदै बजेट पपुलिष्ट नभई पपुलर ल्याउनु पर्ने बताए ।
उनले बजेट ल्याउनु भन्दा त्यसको कार्यान्वयन मुख्य कुरा भएकोले बजेटको कार्यान्वयनमा जोड दिनु पर्ने भन्दै कार्यान्वयन हुने खाले कार्यक्रम मात्रै ल्याउनु पर्ने सुझाव दिए ।








