महेश्वर शर्मा ,असनेपाल न्युज सिड्नी अष्ट्रेलिया ,परोपकारको लागि नेपाली चलचित्र “रोल्पा रोग” अष्ट्रेलियाको सिड्नी र मेलबर्नमा प्रदर्शन हुनेभएको छ।२०१६ जुन ४ शनिबार सिड्नीको सिभिक थिएटर ह्रसभिल मा प्रदर्शन हुने चलचित्रबाट संकलित रकम ट्युमर बिरामी अशोक श्रेष्ठको उपचारका लागि खर्च गरिने बताईएको छ।
चलचित्रमा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक घर्तीमगर, बिनु खड्का, सुशील पोखरेललगायतको अभिनय रहेको छ भने चलचित्रलाई दिपक ओलीले निर्देशन गरेका छन।
परोपकारको लागि प्रदर्शन गर्न लागिएको चलचित्रलाई सहयोग गरिदिन अनुरोध गरिएको छ। साथै सो चलचित्र हिमाली कल्चरल ग्रुपको प्रस्तुतिमा मेलबर्नमा पनि २०१६ जुन १२ मा प्रदर्शन गरिने भएको छ। साथै सोहि कार्यक्रममा प्रत्यक्ष दोहोरी र नृत्य पनि हुने भएको छ।








