संसार बदल्लने हाम्रा दक्ष जनशक्तिले अब आफ्नै मुलुक बदल्नु पर्छ।

महेश्वर शर्मा
सड्नी अष्ट्रेलिया

हाम्रो देशको रक्षा र निर्माणमा छातीभरि गोली थापि शहादत प्राप्त गरि विश्वको मान चित्रमा विर गोर्खालिको नामले परिचित हाम्रा विर पुर्खाहरुको शाख अझ पनि जिवित नै छ।

त्यति मात्र होईन विश्वका धेरै राष्ट्रहरुको निर्माण र रक्षामा विर गोर्खालिको नाम अग्रपंक्तिमा नै आउछ। पछिल्लो समयमा विश्वका विभिन्न देशहरुमा नेपालीहरुले गरेको उपलब्धि प्रशंसनिय नै छ।

लमजुङ्का डा. सुरेन्द्र अधिकारी हाल अमेरिकाको क्यालिफोर्निया ईन्सिटच्युट अफ टेक्नोलोजी नासा का वैज्ञानिक रहेका उनले पृथ्वीको दिशा परिवर्तनबारे नयाँ तथ्य पत्ता लगाएको कुरा किन नहोस।चाहे डा. कुमुद धितालले मृत व्यक्तिको शरिरको मुटुलाई जीवित व्यक्तिमा प्रत्यारोपण गरि विश्वमा नाम कमाएको कुरा किन नहोस।उनिहरुले प्राप्त गरेको उपलब्धि हामी नेपाली र नेपालको लागि मात्र होईन विश्वको लागी नै ठुलो उपलब्धी बनेको छ।

विश्वका थूप्रै देशहरुमा नेपालीहरुले प्राप्त गरेको शिक्षा र सिकेको सिपले दक्ष जनशक्ति निर्माण भई त्यो देशको विकास निर्माणमा टेवा पुगेका थुप्रै उदाहरण हरु छन।

शिक्षा,स्वास्थ्य,कृषि,यातायत,संचार बाटै देश विकास गर्न सकिन्छ भन्ने ज्वालन्त उदाहरण विकसित राष्ट्रहरुबाट हेर्न सकिन्छ।नेपालीहरुले गेरेको परिश्रम र मेहनतले विभिन्न खाडी मुलुकहरु संवृद्धि तर्फ लागेको हामी देखिरहेका छौँ।

विश्वका विभिन्न देशका गगन चुम्मी भवन,पुल,सडक निर्माण,विद्दुत उत्पादन,कृषि,शिक्षा,विज्ञान,स्वास्थ जस्ता क्षेत्रमा नेपालीहरुको परिश्रम र लगानी रहेको देख्न सकिन्छ।

यसरि विश्वका विभिन्न देशहरुमा नेपालीहरुले पढेको शिक्षा,सिकेको सिप,मेहनत र परिश्रम हाम्रै देशमा लगानी गर्न सक्नेहो भने हाम्रो देश पनि संवृद्धि तर्फ लाग्न धेरै समय लाग्दैन ।

जलश्रोतको दोस्रो धनि देश नेपाल हाम्रा नदिनालालाई सदुपयोग गरि विद्दुत उत्पादन तथा कृषि सिँचाईमा सदुपयोग गरि कृषिलाई आधुनिकीकरण गर्ने,प्राविधिक तथा स्वरोजगारमूलक शिक्षा प्रणालीको लागि प्रत्साहन गर्ने,देश पु:न निर्माणको लागि आवश्यक प्रविधिहरु भित्र्याउने तथा विदेशमा रहेका दक्ष जनशक्तिहरुलाई देश निर्माणमा लगाउन सकिए मात्र देश विकास र संवृद्धिको गतिमा जान्छ।

नुन,तेल,खाना पकाउने ग्यास,पेट्रोलियम पदार्थ,खाद्यान्न तथा औषधिहरु हामी आफैलेनै उत्पादन गर्न सक्यौँ भने हामी आफै आत्म निर्भर हुन सक्छौँ हाम्रा दक्ष जनशक्तिहरु विदेश पलायन हुने अवस्था रहँदैन।

सम्बन्धित शिर्षकहरु