म्याग्दी । नेकपा (एमाले)का सचिव एवम् पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले वर्तमान सरकारले नयाँ आयामबाट छिमेकी देशसँगको सम्बन्ध स्थापना गर्न लागेको बताएका छन् ।
नेकपा (एमाले) म्याग्दीको दोस्रो प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुन यहाँ आउनुभएका नेता विष्टले शुक्रबार आयोजित कार्यक्रममा छिमेकी देशसँगको सम्बन्धलाई नयाँ शिराबाट उठाउनु पर्ने बताए ।
उनले कृषि र जलविद्युत्मा प्रचुर सम्भावना भए पनि कृषिजन्य वस्तु र विद्युत्मा वार्षिक खर्बौं बाहिर जाने गरेको अवस्थामा कृषि र जलविद्युत्का क्षेत्रमा योजनाबद्ध रुपमा अगाडि बढ्न सकेमा वार्षिक रु छ खर्बको व्यापार घाटालाई घटाएर रु तीन खर्बमा ल्याउन सकिने उल्लेख गरे।








