कमजोर धरातलमा गठबन्धन

nisaनेपाली राजनीतिमा एकाएक नयाँ परिदृश्य देखापरेका छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्तामा पुर्याउने र टिकाउने भूमिका खेलेको नेकपा माओवादी केन्द्रले पुरानो गठबन्धनबाट बाहिरिएर नयाँ गठबन्धन बनाएको छ , जसले ओली सरकारलाई बहिर्गमनउन्मुख गराएको छ । संविधान जारीपछि सत्ता परिवर्तन भएसंगै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली काँग्रेस माओवादी केन्द्रको नेतृत्वमा सत्तारोहणको तयारीमा छ । संसदीय व्यवस्थामा सत्ता फेरबदललाई सामान्य प्रक्रियाको रूपमा लिइन्छ । तर , २०७४ माघ ७ भित्रै केन्द्र र प्रदेश र स्थानीय निर्वाचन गर्दै अन्तिम चरणको राजनीतिक संक्रमणकाल टुंग्याउनु पर्ने चुनौतीपूर्ण घडीमा देखापरेका सत्ता राजनीतिको नया धुर्बीकरणले भने संविधान कार्यान्वयनलाई अप्ठेरो मोड़मा पुर्याउने देखिएको छ ।
हुन त संसदको सबभन्दा ठूलो दल काँग्रेससंग समीकरण टूटेकाले ओली नेतृत्वको सरकार गठन हुदै काँग्रेस महाधिवेशन पछि सरकार फेरिने अटकलबाज़ी गरिएको थियो र महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वमा आए लगत्तै काँग्रेसका केही नेताले तत्काल नयाँ सरकार गठन हुने अभिव्यक्ति पनि दिएका थिए ।दुई महिना अघि काँग्रेस माओवादीबीच सरकार परिवर्तनको कसरत पनि भएको हो , तर माओवादी अचानक ‘ यू – टर्न ‘ हुँदा ओली नेतृत्वको सरकारको आयु लम्बिएको थियो । तर , अब सत्ता – सारथी माओवादीले समर्थन फिर्ता लिने बित्तिकै ओली सरकार अल्पमतमा परेको छ । अधिकाँश बामपन्थीहरूको दलको साथ र समर्थनमा बनेको बर्तमान सरकारबाट मुख्य दल माओवादी अलग्गिएपछि वामपन्थी ‘ एकता ‘ समेत टुटेको छ । विकसित घटनाक्रमअनुसार अब प्रधानमन्त्रीको कुर्सीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुग्नेछन ।
माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएपछि ओली सरकार अल्पमतमा परिसकेको छ । ओली सामु अब द्इटा विक्ल्प मात्र देखिएका छन – राजीनामा दिने वा अविश्वासको प्रस्ताव सामना गर्ने । प्रधानमन्त्री ओलीबाट राजीनामा आइसकेको छैन । काँग्रेस , माओवादी र नेकपा संयुक्तले बुधवार संसदमा प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन । संसदमा विश्वासको मत आर्जन गर्न नसक्ने अवस्थामा प्रधानमन्त्री ओलीले जतिसक्दो छिटो राजीनामा गरेर निकास दिने श्रेयस्कर हुन्छ , किनभने अहिले उत्पन्न राजनीतिक तरलता जति लम्बिने ,उति संविधान कार्यान्वयनमा असर पर्न सक्छ । काँग्रेस – माओवादी आपसी समझदारी अनुरूप अघि बढ़े भने संक्रमणकालीन संसद रहेकै वेला फेरि अर्को चोटी सरकारको नेतृत्व बदलिन्छ । यसले संविधान कार्यान्वयनमा अलमल गराउने निश्चित छ । बजेटसम्बन्धी विधेयक पारित प्रक्रियामा भने अहिलेको सत्ता फेरबदलको असर देखिनु हुन्न , नत्र संकट र अन्योल झन गहिरिन सक्छ ।
काँग्रेस , एमाले र माओवादी संविधान निर्माणका मुख्य सहयात्री दलहरू हुन । २०६२/६३ को जन आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गरिएको नयाँ संविधानलाई कार्यान्वयनमा लैजाने प्रमुख दायित्व पनि उनीहरूको हो ।संविधान कार्यान्वयनमा उल्लेख्य प्रगति हुन सकेको छैन । संक्रमणकालीन संसदको म्याद अब डेढ़ बर्ष मात्र बाँकी छ , जुन समयावधिभित्र , कानुनी र प्रशासनिक संरचना निर्माण काम गर्नु पर्ने छ । प्रमुख तीन दलबीच सहकार्यबिना यो काम पुरा हुन सक्दैनन । झण्डै एक बर्ष असन्तुष्टि पोस्दै आएका मधेसकेन्द्रित राजनीतिक दलहरूको माग सम्बोधन गर्न पनि तीन दलको सहकार्य अपरिहार्य छ । मधेस आन्दोलनलाई सम्बोधन नगरी संविधान कार्यान्वयन सहज देखिदैन । त्यसैले दोस्रो ठूलो दल एमाले सत्ताबाहिर भए पनि संविधान कार्यान्वयनको दायित्वमा चुक्नु हुदैन ।भूकम्पपछिको पुर्निमाणका लागि समेत एमालेको सहकार्य आवश्यक छ । एमालेसंगको सहकार्यका लागि काँग्रेस -माओवादीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
बहुदलीय व्यवस्था प्रणालीपछि छिटो – छिटो सरकार फेरिने प्रवृत्तिले निरन्तरता पाइरहनु उदेकलाग्दो छ । एउटै पार्टीको बहुमत हुदाहुदै पनि सरकार चाँडै ढलेको दृष्टान्त छ , अहिले अपनाइएको निर्वाचन प्रणालीले एउटै दलले संसदमा बहुमत पुर्याउन असम्भवप्राय बनाइदिएको छ । सत्ता प्राप्तिको उद्देश्यमा मात्र केन्द्रित भई कमजोर धरातलमा दलहरूबीच गठबन्धन बन्ने प्रबृति रहेसम्म सत्ता फेरबदल छिटो छिटो भइरहन सक्छ । तर , यसले अस्थिरता बनाउनुका साथै विभिन्न खाले दूरगामी असर पार्न सक्छ । राजनीतिक दलहरूप्रति जनतामा वितृष्णासमेत बढाउन छ । यस तर्फ समेत राजनीतिक दलहरू सचेत बन्नै पर्छ ।
The first meeting of the Cabinet led by new Prime Minister KP Sharma Oli at the Office of the Prime Minister and Council of Ministers, on Monday, October 12, 2015. Photo: RSS
The first meeting of the Cabinet led by new Prime Minister KP Sharma Oli at the Office of the Prime Minister and Council of Ministers, on Monday, October 12, 2015. Photo: RSS

निशा अर्याल
इजरायल

सम्बन्धित शिर्षकहरु