काठमाडौँ, सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीले ‘उखान टुक्काले चुल्हो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’लगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए । प्रदर्शनी मार्गबाट सुरु भएको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेताले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । उनीहरुले सरकारले आफ्ना माग नसुनेमा आन्दोलनलाई देशव्यापी बनाउने चेतावनीसमेत दिएका थिए ।
नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले यही जेठ १० गते बिहान ८ बजे एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शन गर्ने निर्णय भएको बताए ।


![g]lj ;ª3sf] lj/f]w k|bz{g g]kfn ljBfyL{ ;ª3 sf7df8f}Fn] e's[6Ld08kl:yt k|bz{gLdfu{df laxLaf/ u/]sf] lj/f]w k|bz{g . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/05/1463656777616_RoS_KTM_160519_IMG_5685-300x200.jpg)






