गठबन्धनले उपत्यकामा थप १० दिन आन्दोलन गर्ने

 

k|wfgdGqL lgjf; 3]/fp ;+ljwfgsf s]xL aF'bfk|lt c;Gt'i6 hgfpFb} k|wfgdGqL ;/sf/L lgjf; afn'jf6f/df dªunaf/ 3]/fp ug{ k'usf ;ª3Lo u7aGwgsf g]tf / sfo{stf{ lgif]lwt If]qdf k|j]z ug{ vf]Hbf k|x/L;Fu em8k x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

जेठ ५ । काठमाडौँ पछिल्लो समय राजधानी केन्द्रित आन्दोलन गर्दै आएको २९ दलीय सङ्घीय गठबन्धनले राजधानीमा गर्ने थप १० दिनका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार भएको गठबन्धनको बैठकले काठमाडौँ उपत्यकामा थप १० दिन आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ब्रिखेशचन्द्र लालले जानकारी दिए ।

संविधानसभाबाट जारी संविधानमा भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत गठबन्धनले विरोधका कार्यक्रम आज दिउँसो राजधानीको शान्तिबाटिकामा हुने विरोधसभामा सार्वजनिक गर्ने भएको छ ।

राजधानी केन्द्रित आन्दोलनअन्तर्गत गठबन्धनले यही जेठ ६ गते ललितपुरको लगनखेलमा, जेठ ७ गते नयाँबानेश्वरमा, ८ गते स्वयम्भूमा, ९ गते बौद्धमा, १० गते कीर्तिपुरमा, ११ गते भक्तपुुर न्यातपोलमा, १२ गते बालाजुमा, १३ गते कलङ्कीमा, १४ गते मध्यपुरठिमीमा र १५ गते वसन्तपुरमा विरोधसभा गर्ने जनाएको छ ।

त्यस्तै गठबन्धनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आयोजनामा १६ गते वीरगन्जमा र १७ गते पोखरामा तमुवान सङ्घर्ष समितिको आयोजनामा जनप्रदर्शन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

राजधानी केन्द्रित आन्दोलनका क्रममा दिन सिंहदरबार र एक दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको गठबन्धनले आज शान्तिबाटिका कोणसभाको आयोजना गर्दैछ ।

संविधान जारी भएलगत्तै त्यसमा भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै तराई मधेसमा आन्दोलन गर्दै आएको गठबन्धनले सत्ता पक्षलाई थप दबाब दिन यही जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन सुरु गरेको हो ।

सम्बन्धित शिर्षकहरु