प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड बढी सहयोग

जेठ २। काठमाडौँ, नेपाल एसबिआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड २१ लाख सहयोग गरेको छ ।

बैंकका उच्च अधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सहयोग रकमको चेक उपलब्ध गराएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मुकुल भत्नागरले भूकम्पपछिको पुनःनिर्माण तथा दैवी प्रकोपमा परेका नेपाली जनतालाई सहयोग उपलब्ध गराएको बताए । प्रधानमन्त्री ओलीले सहयोगका लागि बैंकलाई धन्यवाद दिँदै सहयोग रकम लक्षित वर्गमा खर्च गरिने बताए ।

सम्बन्धित शिर्षकहरु