काठमाडौं, संविधानप्रति असन्तुष्टी जनाउदै आएको संघीय गठबन्धनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।
गठबन्धले राजधानीमा आज पत्रकार सम्मेलन गरी जनप्रदर्शन गर्ने देखि मुख्य प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
गठबन्धनले भोली काठमाडौंको रत्नपार्कमा जनप्रदर्शन गर्ने भएको छ । यस्तै, पर्सीदेखि सिंहदरबार घेराउ गर्ने गठबन्धनले जनाएको छ ।
सत्तापक्षको प्रतिगामी र नश्लवादी चरित्रका कारण आन्दोलनमा उत्रन बाध्य भएको गठबन्धनका संयोजक उपेन्द्र यादवले बताए ।








