महेश्वर शर्मा असनेपाल न्युज,सिड्नी अष्ट्रेलिया,चलचित्र बनाउनु मात्रै ठुलो कुरो नभई चलचित्रले समाजलाई कसरि सकरात्मक प्रभाव पार्दछ भन्ने कुरा ठुलो हो। राम्रो सम्भावना बोकेको नेपाली चलचित्र रातो घर अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ।विभिन्न नेपाली चलचित्रहरुमा आफ्नो जिवन्त अभिनयबाट वाह वाह कमाएका कलाकार विल्सन विक्रम राईलाई यस चलचित्रमा प्रमुख भुमिको रुपमा देख्न पाईने छ। सिड्नीमा चलचित्र “रातो घर”लिएर आएका राई सँगैबसि सिड्नीका दर्शकहरुले चलचित्र हेर्ने भएका हुन।सिड्नीको सिभिक थिएटर ह्रसभिल मा २०१६ मे ८ र ९ तारिक साँझ ६ बजेबाट प्रदर्शनमा आउने चलचित्रमा सोहि साँझ विल्सन विक्रम राईको विशेष प्रस्तुती पनि हुने भएको छ। यस चलचित्रले मनोरञ्जन मात्र नभई एक परोपकारी कार्य पनि गर्ने भएको हो। यस चलचित्रबाट उठेको केहि रकम चलचित्र “रातो घर” र झापाली समाज अष्ट्रेलिया मार्फत झापा जिल्लाको ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरुको भौतिक पूर्वधार तथा शिक्षामा खर्चिने भएको छ। यस चलचित्रलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन।
सम्बन्धित शिर्षकहरु
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर फैलँदै
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर […]
मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान विश्वव्यापी स्वरूप
कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान काठमाडौं। Mount Kailash तथा Lake […]
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग (10 Video Guidance
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग दशमहाविद्या साधना प्राचीन नेपाल–उत्पत्ति भएको […]
अष्ट्रेलियाको सिड्नीमा धर्म–जागरण महा–सत्सङ्ग
Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने […]
Historic Milestone: Sydney’s First Nepali Diamond Popular Marriage Celebrant
Sydney’s First Nepali Diamond Popular Marriage Celebrant Sydney, Australia:Happy Celebrant Nepali Wedding […]
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित Ausnepalnews ,बाथर्स्ट […]


