पोखरा। कानुन, तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले राष्ट्रिय सहमति निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय सहमति खुल्ला र पारदर्शी हुनुपर्नेमा जोड दिए ।
नेकपा एमालेका नेता खरेलले सरकार बनाउने र गिराउने खेल अहिलेलाई समाप्त भएको बताउँदै एमालेले नेपाली कांग्रेसको नेतृत्व स्वीकारिसकेकाले एकीकृत नेकपा माओवादीको नेतृत्व पनि स्वीकार्य कुनै अप्ठ्यारो पर्दैन भने ।
उनले अहिले १३८ विषयमा कानुन बनाउन लागिएको जानकारी दिँदै सरकार संविधान कार्यान्वयनका दिशामा अघि बढिसकेको स्पष्ट गरे ।








