अस्ट्रेलिया, अस्ट्रेलियामा बुद्ध जयन्ती धुमधामपूर्वक मनाइने भएको छ । विश्व शान्तिका प्रवर्तक भगवान गौतम बुद्धको २६४०औं आगामी मे २२ का दिन मनाउन लागिएको आयोजकहरूले जनाएका छन् ।आयोजकहरूले नेपाल बुद्धको पवित्र भूमि भएको भन्दै त्यसको प्रचार प्रसार आवश्यक भएको औँल्याएका हुन् ।
हरेक वर्ष संयुक्त रुपमा आयोजना गरिंदै आएको सो बुद्द जयन्ति यस पटक बुद्द ध्यान , पूजा , शान्तिको सन्देश , खेलकुद तथा विविध मनोरन्जनात्मक तथा अध्यात्मिक गतिविधिसन्चालन गरी मनाईने संयोजक अरुण तमाङ असनेपालन्युजलाई बताउनुहुन्छ । बुद्द जयन्तीले शान्तिको सन्देश फैलाउन सघाउने र आपसमा वन्धुत्व जगाउने आर्का आयोजक ईन्द्र गुरुङको भनाइ छ। कार्यक्रम मे २२ तारिक २०१६का दिन बिहान ९ बजे देखि -टेम्पे रिजर्भ पार्क मा हुंदैछ ।
आचार्य राजन शर्मा(भीमसेन ) द्वारा विपश्याना ध्यान सन्चालन गरिने सो कार्यक्रममा नेपाली मात्र नभै विदेशिहरू समेतको उपस्थिती रहने आयोजकहरू बताउनुहुन्छ । सोदिवसमा ” रिस डाह अनि इर्स्या ,हटाउं , बुद्द जयन्ति मनाउं ,आपसि सद्भभाव बढाउं भन्ने मुख्य सन्देश रहेको छ । विद्वान लामाहरू द्वारा पूजा पाठ गरी शुरू गरिने सो उत्सव नेपालीहरूको साझा र अविछिन्न एकतालाई निरन्तरता दिने दिवस भएकाले सबैलाई उपस्थित हुन आव्हान गरिएको सुदिप गौचन अ
सनेपालन्युजलाई बताउनुहुन्छ ।
सिड्नीका विभिन्न समुदाय सो दिवसको संयुक्त रुपमा आयोजक बनेका छन् जुन आँफैमा आपसि सद्भावको एक उच्चकोटिको उदाहरण बनेको छ ।
बुद्द सम्पूर्ण नेपाली र विश्वकै साझा ब्यक्तित्व भएकाले पनि यस दिवस मानव समुदायमा शान्ति र सद्भभाव जगाउने एक उत्तम अवसर मानिन्छ ।
कार्यक्रममा नेपाली समुदायका नेता, बुद्धिजीबी, पत्रकार, व्यवसायीहरूलाई आमन्त्रण गरिएको बताइएको छ ।
विश्व शान्ति, सहिष्णुता र वन्धुत्वको सन्देश फैलाउन, बुद्धका अनुयायी धर्म गुरुको प्रवचन सुन्न उपस्थित हुनका लागि आयोजकले आग्रह गरेको हो ।








