कांग्रेस संविधान कार्यान्वयनमा केन्द्रित हुन्छ : नेता सिंह

prakshman-singhविराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली काँग्रेसले प्रतिपक्षको हैसियतले संविधान कार्यान्यवनमा उल्लेख भूमिका निर्वाह गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भोलिदेखि संसद्मा समसामयिक विषयमा आवाज उठाइने जानकारी पनि गराए ।

पुनःनिर्माण, संविधानको कार्यान्वयनलगायतका विषयमा सरकारले काम कारबाहीले गति नलिएको र अहिलेसम्म ग्यासलगायत पेट्रोलियम पदार्थको अभाव कायम नै रहेकाले संसद्मा यी विषयमा आवाज उठाइने उनको भनाइ थियो ।

कांग्रेस प्रतिपक्षमै बस्ने स्पष्ट पार्दै उनले आफूहरु सरकार ढाल्ने खेलमा नलाग्ने जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु