असनेपालन्युज, सिड्नी । सिड्नीमा’ रातो घर’ नामक हास्य ब्यङ्ग को प्रदर्शन तथा विविध मनोरन्जनात्मक कार्यक्रम जुराईएको छ । आगामी मे को मा सो सो कार्यक्रम प्रदर्शन गरिने झापाली समाज अस्ट्रेलियाले असनेपालन्युजलाई जनाएको छ । जसानुसार सिभिक थिएटर मा आयोजना हुन लागेको सो कार्यक्रम मा हास्य ब्यङयको जीवन्त प्रस्तुती समेत हुने छ । यस बिषयमा मुख्य आयोजक मध्ये बाबा कन्सलटेन्सिका प्रमुख रविन्द्र कुमार शर्मा भन्नु हुन्छ , सो कार्यक्रम परोपकारको अभिप्राय ले आयोजना गर्न लागेकाले पनि यसको महत्व अलग त छंदैछ यस माथि पनि चर्चित हांश्य कलाकार विल्सन विक्रम राइको जीवन्त प्रस्तुती ले थप चर्चा पाउने छ ।
२५ डलर टिकट रहेको सो कार्यक्रमको टिकटका लागि टिकट प्लस मा संपर्क गर्न सकिने छ । हाश्य ब्यङ्य भएकाले समुदायको रुची बढ्ने र आफ्नो प्रस्तुती पनि आकार्षक हुने सिड्नी आईपुगेका विल्सन विक्रम राइ असनेपाल न्युज लाई बताउनुहुन्छ ।








