काठमाडौँ । ताजकिस्तानमा जारी एएफसी यू–१४ रिजनल गल्स फुटबल च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेलमा बिहीबार साविकको विजेता बंगलादेशसंग ९–० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । समुह चरणको पहिलो खेलमा पनि नेपाल भारतसंग ९–० ले नै पराजित भएको थियो ।
दुशान्बेस्थित एभेटर रंगशालामा भएको खेलमा साबिकको उपविजेता नेपाल बंगलादेशसंग सबै पक्षमा कमजोर देखियो । बंगालदेशलाई जित दिलाउन कप्तान मार्जिया र अनुचि मोगिनीले ह्याट्रिक गरिन । त्यस्तै तोहुराले दुई तथा साजेदाले एक गोल गरिन । नेपालमा भएको गत संस्करणको फाइनलमा पनि नेपाल बंगलादेशसँग १–० ले पराजित हुदै उपविजेतामा बनेको थियो ।
बंगलादेशको हारसंगै समूह बि मा रहेको नेपाल च्याम्पियनसिपमा अंकबिहिन हुदै पुछारमा रह्यो । यससमूहबाट बंगालदेश दुई जितसहित ६ अंक जोड्दै शिर्ष स्थानमा रहदै अर्को चरणमा प्रवेश गर्यो । यस्तै एकमा जित र एकमा पराजय बेहोरेको भारत ३ अंकसहित समूह उपबिजेताका रुपमा दोस्रो चरणमा स्थान बनायो ।








