प्राधिकरणले बल्ल तोक्यो सिन्धुपाल्चोकमा कार्यालय प्रमुख

IMG_6223काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वैशाख १२ गतेको भूकम्पले सबै भन्दा बढी मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा पुनःनिर्माणको समन्वय गर्न कार्यालय प्रमुख तोकेको छ ।

प्राधिकरणले पदम अर्याललाई विशेष सम्पर्क कार्यालयमा समन्वयको काम गर्न कार्यालय प्रमुख तोकेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।

अन्य जिल्लामा कार्यालय खुलेपनि बढी प्रभावित सिन्धुपाल्चोकमा अझैसम्म प्राधिकरणको समन्वय कार्यालय खुल्न सकेको थिएन । गत वर्षको भूकम्पले जिल्लामा तीन हजार ५७० को मृत्यु भएको थियो ।

सिन्धुपाल्चोकमा ६५ हजार घर पूर्णरुपमा क्षति भएको तथ्याङ्क जिल्ला दैवीप्रकोप उद्धार समितिसँग छ । जिल्लाका पीडित अझै पाल र जस्ताको टहरामा बस्न बाध्य छन् ।

“प्राधिकरणले भूकम्प गएको एकवर्ष पुगेको वैशाख १२ गते आइतबारका दिन जिल्लामा गर्ने कार्यक्रममा अनुदान सम्झौता सुरु गर्नेछ”–उनले भने र

सम्बन्धित शिर्षकहरु