अस्ट्रेलिया, युवा समाज सेवी सुरज भट्टराईको निधनप्रति अस्ट्रेलियाबासी नेपाली शोकमग्न भएका छन् । बिहीबार हर्स्टभिलस्थित जीमहलमा भटट्राईको अचानक निधन भएपछि अस्ट्रेलियाबासी नेपाली शोकमग्न बनेका हुन् ।
सुरजको निधनप्रति एनआरएनए अस्ट्रेलियाले आफू गहिरो दुःखमा परेको बताएका छ । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले सामाजिक सञ्जाल फेसबुकमा उनको निधनमा दुःख व्यक्त गरेका छन् ।
उहाँ एक इमान्दा, सहयोगी हृदयको हुनहुन्थ्यो, हामीले “उहाँलाई भौतिक रूपमा गुमाएका छौं तर उहाँ हाम्रो मन मस्तिष्कमा सदा जीवित रहनुहुनेछ”, उनले शोक सन्देशमा भनेका छन् ।
त्यस्तै अति मीलनसार युवा, समाजसेवी तथा ओएनएफ न्यूसाउथ वेल्स राज्य कमिटी सकृय सदस्य मित्र श्री सुरज भट्टराईको निधनको खबरले ओएनएफ भिक्टोरिया परिवार स्तब्ध भयको प्रबासि नेपाली मञ्च भिक्टोरियाले बताएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मञ्चले भनेको छ, “नेपाली समुदायका सकृय युवा तथा समाजसेवी भट्टराईको निधनले अस्ट्रेलियाको नेपाली समुदायले अपुरणीय क्षती बेहोरेको छ । यस दुःखद अबस्थामा ओएनएफ भिक्टोरिया शोक सन्तप्त परिवार तथा आफन्तजनमा यो शोक तथा दुख को घडीलाई धैर्यताका साथ शक्ती मा बदल्ने उर्जा मीलोस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछौँ, साथै दिबंगत आत्माको चीरशान्ती कामना गर्दै भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दछौँ।”








