सिड्नी । लम्जुङ समाज अस्ट्रेलियाले नयाँ बर्ष २०७३ को उपलक्ष्यमा सिड्नीमा बृहत भेटघाट कार्यक्रमको आयोजना गरेको छ।
नेपालको लम्जुङबाट अस्ट्रेलिया आई बसोबास गर्ने दिदी बहिनी दाजुभाइबीच भाईचारा बढाउने, आपसी सुख दुस्ख साटासाट गर्ने र आफुले सकेको सहयोग आफ्नो जन्मभूमिको शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्ने उद्देश्यले समाजको स्थापना भएको संस्थाका पदाधिकारीहरूले जानकारी दिएका छन् । सन २०१५मा गठन भएको समाजले आफ्ना कार्यहरु लाई अस्ट्रेलियामा विविध रुपमा सन्चालन गर्नको लागि अस्ट्रेलियान फेयर ट्रेडिङमा दर्ता समेत गरिसकेको सस्थाका अध्यक्ष प्रकाश सापकोटाले बताए।








